रत्नपार्कमा ११ बजे ११ मिनेट

व्यस्त शहरको व्यस्तता । आखिर कसैलाई एक मिनेटपनि फुस्रद छैन । तर यसपालि भने मैलै राजधानीको व्यस्त मुटु रत्नपार्कमा बिहान ११ बजे ११ मिनेट खर्चिए । ११ मिनेटको परिदृश्यमा रत्नपार्कलाई सयौं दृश्यमा बाँधे । फुस्रदिलो भएर उभिएको ११ मिनेटका केही दुश्यहरुलाई यहाँ पोख्न खोजेको  छु । व्यस्त शहरका सडकहरु सयौ सवारी साधन ओहरदोहर भइरहेका छन् । यही संख्याको बढ्दो अनुपातमा शहरका मान्छेहरु पनि ।

खोई कताकता पुग्ने हुन्  कहाँकहाँबाट आएका हुन् । सबैका आफ्नै धुन र रंग छन् । बिचरा आकाशे पुललाई वाक्क लाग्दो हो । कति चढ्ने हुन् र कति झर्न हुन् । यो दिन भने अनुशासन सिकिरहेका विद्यार्थी जमात सिधै व्यस्त सडक वारपार गरिरहेका थिए उनै उमेरका हकबन्दी नाघेका पाका मान्छेहरु भने आकाशे पुलको शरीर चढिरहेका । प्रजातन्त्रको निर्जिव भित्तामा फिल्मका रंगीन दृश्य बेजोड छन् । जलविद्युतको दोश्रो धनी देश हुनुको गर्व बोकिरहेका नेपाल अनि रत्नपार्क चौबाटोमा ठडिएको बोर्डमा बिजुली कम खपत गरौं सिएफएल चीमको प्रयोग गरौं नारा हास्यापद छैन र  म उभिएको छेऊमा फिल्मी हिरो-हिरोइन सडक पेटीमा लडिरहेका छन् । उनीहरुका भाउ अहिले निकै सस्तिएको छ । बढी उत्पादनका कारण नेरु ३० समेत पाइदोरहेछ ।

एक छाकको लागि हात फैलाएर सहयोग जुटाउने  महिलाले म नजिकै एक फिल्म किने । तुहार कारण गइल भैंस पानीमे । भोजपुरी भाषाको यो फिल्मका ग्राहक धैरै रहेछन् । यता बिस्रने बानीले चर्चा पाएका हिन्दी नायक अमिर खानको गजनी फिल्मका नायिकाको नेपाली रुप पनि देखिए रत्नपार्कको ११ मिनेटको बँसाईमा । ज्योति गुमाएका वृद्धलाई सडक पार गराउँदै लगिरहँदा सबै दुश्यहरु शब्दमा पोखिरहेका  थिए उनीले । रत्नपार्कमा अलपत्र मान्छेहरुका भीड व्यस्तताले रहन मुश्किल परेको ११ मिनेटको रणभुल्ल यात्रा अहिले यतिमात्रै । अस्तु

Posted in मेरो लेख | Tagged | Leave a comment

यात्रा बज्दैछ ‘बिबिसी’ मा !

मेरो ‘अन्तर्वार्ता’ देशभर प्रसारणको दिन ..बिबिसी (BBC) १०३ मा वा स्थानीय समय अनुसार रेड़ियोमा सुन्न http://bbcnepalidrama.com/about/broadcasting-partners/ मा..र
Kathmandu – Capital FM 92.4 MhzSat 8.15 PM,
Kathmandu – Radio City 98.8 MHzMon 8.15 PM,
Lalitpur – ECR F.M. 104.2MHz Sat 8.15 PM
Lalitpur – Radio Sagarmatha 102.4 Mhz - 5:30 PM !
बिश्वभर http://bbcnepalidrama.com/ मा सुन्न सकिन्छ …बेलुका ८.१५ सनिबार, असोज २ गते…
Posted in म र मेरो कुरा, मेरो परिचय | Leave a comment

ज्यान जोखिममा परेको दिन

कुरो भदौ १६ गते कालो बुधबारको हो । मेरा एकजना साथीले खानपिनकालागि निम्त्याएका थिए । गफमा मस्त भइरहेको बेला सरकारले दुई बजेपछि कफ्र्यु आदेश जारी गरेको खबर आयो । त्यतिखेर १० मात्र बजेको थियो । कफ्र्यु जारी हुन अझ निकै समय शेष भएकोले कुरा लम्ब्याउन थालें । Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख | Leave a comment

भगवानले खानुहुन्छ र भगवानको ‘भाग’ ?

अघिल्लो साँझबाट बुबाहरु खुशी व्याप्त थिए । भोलीको दिनमा मेरा छोराहरुले मुख हेर्नछ मिठा परिकारहरु र कोसेलीहरु दिईनेछ । यो सम्पन्न भयो दिनभर नभ्याएकाहरु बेलुकाको समय मिलाउँदैछन् । तर शहरमा यो दृश्यमात्रै होईन अर्का रमाईलो कुरापनि छ ।

शहरका घरहरुमा बिहानै दैलौमा तीन/चार भाग खानाका परिकारहरु सडकमा देखियो । कति मिठा परिकारहरु फलफुल र चिउराको मिश्रणमा । यो बितेका बुबालाई स्मरण गर्दै चढाईएको थियो । महंगो समयमा बुबालाई मह्रगो कोसेली यही ठम्याए मैलै । Continue reading

Posted in मेरो लेख | Leave a comment

खेल कसले खेल्दैछ मित्र ?

ऊ कसरी फरक रूपमा आउन सक्छ । सधै विश्वासमा रहेको एउटा छवि यस्तो कसरी बन्न सक्छ । हरेक पटक विश्वासमा आफुलाई शंकाविहिन पारेर निकै महत्वपुर्ण कुराहरु भने । तर यो क्रम भने मैलै रोक्नुपर्छ किनभने मलाई लाग्न थालेको छ की त्यो छवि नै एउटा ठुलो आधारस्तम्भ हो जुन स्तम्भले मेरो प्रगतिमा बाधा अनि साथै आफ्नो भएकाहरुबाट नै मलाई निकै शंकामा राखेर घृणित तुल्याएको छ । Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख | Tagged , | Leave a comment

स्वागत छ मित्रहरु !

प्रत्येक पल्टको लेखाईमा चौतारी भन्न रुचाउने यो थलोमा स्वागत गर्दछु । परिवर्तन जरुरी छ सबैका मनमा यही चाहना हुन्छ म फरक कसरी बन्ने ? र, के नयाँ गर्नै ? सबैलाई एक कदम अघि बढ्नु छ … र अरु भन्दा माथिल्लो देखाउने प्रयासपनि । तर मेरो परिवर्तन गरेको डेरा यस सत्यसँग कुनै सरोकार राख्दैन् सबै आत्मिय मित्रहरुमा यो घोषणा गर्दछु । Continue reading

Posted in म र मेरो कुरा | 1 Comment

‘छोराछोरीका मन ढुङा माथि’

जीवनका धैरै पाटाहरुलाई उखानमा मिसाउने चलन नै छ । आमाबुबाको मन छोराछोरी माथि छोराछोरीका मन ढुङा माथि । यसो नभएको भए ८७ वर्षीय सावित्री नेपाल किन आफ्नो राम कहानी बोकेर जीवनको अन्तिम शान्ति खोजेर स्वतन्त्र बोलिरहेका छन् । स्वर्गीय स्वरसम्राट नारायण गोपालको सम्झनापनि यहाँनिर बल्झिएको छ ।

लौ सुन म भन्छु मेरो रामकहानी ।
एकदिनको घाम सयौंदिनको पानी ॥
Continue reading

Posted in मेरो लेख, मौनबस्तीको आवाज | Tagged | Leave a comment

आगमनको खबर आयो !

श्रावण ५, जुलाई २१ – बुधबार दशौं दिन

अलि अलिकति पीडा हुँदा नि म तिमीलाई सम्झन्छु ।

अलि अलिकति खुशी हुँदा नि म तिमीलाई सम्झन्छु ।

खैं के भयो मलाई आजभोली तिम्रै सपना देख्छु,

खैं के भयो मलाई आजभोली तिमै कविता लेख्छु ।

हिजो प्रेममा कलम चलेन । न उनको फोन नै आयो । शायद घरमा व्यस्तता होला भनेर मन बुझाए । मेरो यो बिछोड हुनुको डायरीपनि लेखिने समयमा म दुई बिशेष भेटका लागि निस्किए । हुनपनि अरुलाई कुराउनु राम्रो होइन । हिजोको दैनिकी लेख्न नपाउँदा म भारी बनेको छ । फेरि आज हिजैकै कुरा स्मृतिम ल्याएर लेख्न सकिँदैन भन्ने लाग्छ मलाई । Continue reading

Posted in म र मेरो कुरा | Leave a comment

मायामा शंका जायज़ छ !

श्रावण ३ जुलाई १९ – सोमबार आठौ दिन

पहिलो ब्रत आज । तिम्रो निकै याद आयो । अनि ब्रत समाप्तिको साँझ तिमीले बनाएको पहेलो दाल भात, फ्राई आलु र एक कटौरा दही । यसको खुब स्वाद उठेको छ मनमा । तिमीले भन्यौं अर्का सोमबार म हुन्छु चिन्ता नगर्नुस । पहिलो ब्रत कटाउनुस् । साँच्चै उनको यो वाक्यबाट दिन कटाए । यो सँगै आज केही सान्दर्भिक कुरा जोड्न मनलाग्यो दैनिकी बिछोडको डायरीमा । Continue reading

Posted in म र मेरो कुरा | Leave a comment

किनारा कहाँ छ ?

श्रावण २, जुलाई १८ – आईतबार सातौ दिन

मायाका कुरा र प्रसंग लेख्नु अघि प्रथम ओम् नम शिवायको उच्चारण गर्ने चाहन्छु । आज मेरो पहिलो ब्रत । ब्रतका समयमा प्राय म कलम र मनमा अनेकन अभद्र कुराहरु भित्रिन दिन्न । तर यता मेरा मित्रहरुको चासो र मेरो शब्दप्रतिको आत्मियताले गर्दा सातौं दिनको बिछोडका केही शब्दहरु कोर्न बाध्य बनेको छु ।

माया सधै चोखो सत्य र अमर हुन्छ ।
बरु मायालु नै झुठो र झुठो हुन्छ । ।
Continue reading

Posted in म र मेरो कुरा | Leave a comment