भूतसंग जम्काभेटको सम्झना !

नियमित स्तम्भमा लेखिने विषय कहिलेकाही फुर्देन् । शब्दका रुपमा आउँदैन् । कुनैबेला भने  विषय बासीसमेत बन्छ । यसपालि भने भूतको अन्र्तकथा लेख्न मन लाग्यो । नेपाल टेलिकममा मच्चिएको भूत काण्डले यही विषयलाई कोट्याउन मन लागेको हो । भूत हुन्छन् वा हुन्नन्  यो सोध्नु पर्ने प्रश्ननै होइन । अर्थात नेपाली समाजमा हुर्किएकाहरु कुनै न कुनै रुपमा साक्षात्कार भइरहन्छन् । कथा उस्तै सुनेका हुन्छन् । कोहीले भोगेका समेत हुन्छन् । भोगाई र भेटमा बसेको भूत सम्झनालाई यत्तिखेर शब्दमा उतार्न खोज्दैछु ।

मेरा जिवनयात्रामा मैले ४ पटक भूतसँग भेटेको अनुभव संगालेको छु । प्रत्यक्ष ३ पटक र अप्रत्यक्ष १ पटक । नेपाल टेलिकममा घटिरहेको भूतको घटनाप्रति म सहमतै छु । कतिलाई लाग्न सक्छ । यो पनि विषय हो । नहुने कुराको व्यर्थे हल्ला गरेर वाहियात वकवास यस्तै यस्तै । तर कलमसँगको माया र आत्मियताका कारण कहिल्यै झुठो शब्दहरु प्रचारका लागि लेख्न सिकिएन । यसको विशेष आधार हो यो भूतसँग जम्काभेटको सम्झना । फरक उमेर र फरक स्थानमा भएको भूतसँगको सम्झनाको समय एउटै थियो राति । कुरोको प्रारम्भ हुँदा म लगभग १४ वर्षको जति थिएँ । दिनभर विद्यालयपछि साँझमा खेल्ने रमाईलो खेल बनेको थियो फुटबल । बल खेल्न हामी बेलुकातिर दरबार हाइस्कुल पुग्ने गर्थौं । आधा दर्जन साथीहरुको साथमा होहल्ला गर्दै सडकमा बलेको बिजुलीको प्रकासमा फुटबलको मजा लिन्थ्यौ । एकदिनको खेलमा म बल लिएर गोलपोस्टतिर बढ्दै थिए । गोलपोस्टमा अँध्यारो छाया उभिएको थियो । मेरो खुट्टाले बल हान्न सकेन । बल छोडेर भागे चिच्याउँदै भूत भूत । मेरा पछिल्तिरका साथीभाई पनि भागे ।

दरबार स्कृलमा हराएको बल मसंगै टांसिएको र भर् याङमा उभिएको एउटा शरीर अनि राजमार्गमा मेरो अधिल्तिर दु्त गतिमा पाईला चाल्ने आईमाईनै मेरो सम्झनामा बांधिरहेका छन् । भूत हुन्छ भनेर विश्वास नगर्ने यो मनले प्रत्यक्ष भोगेका अद्भुत परिस्थितीको कुनै जवाफ पाउन सकेको छैन । यो मेरो भ्रम भनेर भन्ने मित्रहरुले यो साक्षात्कारलाई जोक्स वा कुनै काल्पनिक कथा किन नमानोस् । यी भूतसंग जम्काभेटको सम्झनामा शब्दहरु कोरिरहंदा ती पात्रहरु मसंगै छन् भन्ने लागिरहेको छ…मैले सोधे उनीहरुलाई तिमीहरु केही लेख्छौ ?

एउटा साथीलाई भने निकैबेर सम्म खुट्टा समाएर राखेको कुरा केही समयपछि मात्रै उनले भनेको थियो । यो घटनाले अहिलेपनि दरबार स्कुलको याद दिलाउँछ । यदाकदा त्यहाँ पुगे भने पनि त्यो स्थान हेर्छु र हराएको बल कता गयो होला भनेर विचाराधीन बन्छु केहीबेर । अर्का घटनापनि खेलसँग सम्बन्धित छ । साथीहरु मिलेर लुकामारीको रमाईलो गर्थौं । सबैको लुक्ने पालो रोशन भन्ने साथी डुम थियो । अर्थाल उसले हामीलाई खोज्नुपर्ने । गल्लीमा लुक्ने प्रयासमा म कुनातिर उभिएँ । थाहा पाइएला भनेर सास समेत रोकेका थियौं । मसँगै उभिएको साथीपनि चुपचाप थियो । अचानक ‘झेल्ली झेल्ली’ भनेर साथीहरु कराउन थाले । म कुनाबाट निस्किएँ । म हिडेपनि सँगैको साथी आएन । मैले जाउष न फेरि लुक्ने भनेर भनिरहँदा त्यो साथी हरायो । म फर्किएर साथीहरुलाई सोधे मसँग लुक्ने त कोही रहनेछ आखिर मसँगै टाँसिएर बस्ने को थियो त  अर्का एउटा घटनाभने मेरो घरैमा घटेको थियो । म अप्रत्याशित रुप हुत्तिएर आमालाई बोलाउँदै माथि उक्लिदै थिए । मलाई भर् याङको बीचमा हातले रोक्यो । म मेरो भाई ठानेर झनै धकेल्दै बढ्न खोजेको थिए कोठाको ढोकामा हुत्तिए नराम्ररी पछारिन पुगे । कोठामा पुरै खोलियो बाहिर हेरे आवाज सुने । न त्यहाँ कोही थियो न कोही गएको आवाज आयो । आखिर को हो त्यो  जसलाई पन्छाउन खोज्दा मैले भुँई सुघेँ । चौथो घटनाभने अलिक बुझ्ने भएपछि हो । त्यस्तै २०५३ सालतिर खैरनीटारमा घट्न पुगेको सबैभन्दा यथार्थपरक छ ।

सुनेका र भनिएका भूत सत्यसँग एकदम नजिकै हुनुले पनि अहिले डराउने भएपनि त्यत्ति कमजोर भने छैन । भूतसँगको यही नजिकताले डर हटेको हो । बेलुका ७ बजेबाट नै सुनसान बन्छ खैरनीटारको बाटो । म भने काम बिशेषले १५ मिनेट पर बैलचौतारा पुग्न हिडेको थिएँ । रातिको बाटोको नाप अनुमान गर्न नसकिरहँदा  एउटा आइमाई मान्छे देखे । म अलिकति नजिक गएर उनीलाई सोध्न खोजँे । उनी झन् टाढा भइन् । कति चाँडै हिडेका होलान् भन्दै मैले पनि केही पदचाप बढाएँ । उनी झन् अघि पुगिन् । उनी दायाँ मोडेर डाँडाको बाटोतिर लागिन् । अब भने उनीले डाँडा चढेपछि म उनकै पदचापलाई निरन्तरता दिँदै आफु जानुपर्ने स्थानमा पुगे । भोलिपल्ट चियाको चुश्कीसँगै लेखनाथ दाजुलाई रातिको घटना सुनाए । दाजु केहीबेर अक्कबक्क हुनुभयो । मैले फेरि सोधे पत्याउनु भएन की क्या हो  कति चाँडै हिड्ने आईमाई रहेछ । मिलडाँडा त एकाएक चढिन् । यसो भनिरहँदा दाजुले सोधे अनि आफु जाने ठाउँमा पुग्यौं त  मैले भने । उनीले मलाई बाटो देखाइदियो । अनि बल्ल दाजुले खुलाए । त्यो बाटोमा साँझ नराम्रो घटना घट्छ । यहाँका बासिन्दा कमैले त्यो दुश्य देखेको छ ।  तपाँई भाग्यमानी हुनुहुँदोरहेछ । वहाँले चियाको अन्तिम चुश्कीसँगै लामो सासमा भने । तपाँई बीच बाटोबाट फर्किनुभएको भए नसोचेको दुर्घटना हुन्थ्यो । बाबु तपाई बाँच्नुभयो ।

यसो भनिरहँदा दाजुको मुहारमा निकैबेर टोलाइरहे । आधा चिया बाँकी थियो । म भने राति नजिकै भेट्न र बोल्न अघि-अघि कुदेको दृश्यलाई सम्झिरहे । उनको हिडाई र आवरणलाई गहिरिएर सोच्न बाध्य भएँ । जे पनि गर्न सक्ने शक्ति बोकेका भूतले जाबो त्यो डाँडा आधा मिनेटमा कसो पार नगर्लान्  बाबु भन्ने दोह्रिएको सम्बोधनबाट म चलिरहेको समयमा पर्दापण हुन्छु । अनि जुन उद्देश्यले तपाँई यहाँ आउनुभएको हो त्यो सफल हुन्छ । नभन्दै ५ महिनाभित्र मेरो उद्देश्यले सफल हुने मौका पाएको थियो । रात्रीकालिन समयमा शब्द कोरिरहँदा केही आवाजको उत्पत्ति भइरहेको छ…शायद कोठाभित्रै कोही छ की ? अस्तु

This entry was posted in मेरो लेख. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>