दशैंको विज्ञापन कथा/व्यथा

दशैं नजिकियो अब व्यस्तता बढ्छ होला भनेर एक वरिष्ठ दाजु तथा संस्थाका प्रमुखले भनेको शब्द मनमा खेलिरहेको छ । हुनपनि त्यो सहज ठानिएको वाक्यले यो माहौलमा कडा प्रक्षेपण भएको महसुस भइरहेको छ । यसो त संस्था/कम्पनीलगायतका हितैषी र परिचित दाजुहरुको एउटै प्रश्न गरिरहन्छन्  होइन यत्ति धैरै पत्र-पत्रिका दशैं र पर्वमा निस्किने हुन् त  प्रमुखले आफ्नो टेबुलअघि झण्डै ३ सयको विज्ञापन चाहियोको पत्र देखाएर प्रश्न गर्नुभयो । म निरुत्तर छु यो प्रश्नमा ।

एक/दुई वा तीनजनाका मात्रै प्रश्न होईन यो । कतिलाई जवाफ दिने । पत्रिका दर्ता प्रकि्रया जुन सहजतापूर्वक लिईन्छ त्यसको सयौं गुणा कठिन काम हो पत्रिकाको प्रकासन र निरन्तरता । यसको लागि पहिलो र अन्तिम आवश्यकता भनेको विज्ञापनदाताको नियमित विज्ञापन सहयोग । विज्ञापनदाताका आफ्नै कमजोरी छन् । कतिलाई दिनु र कतिलाई खुशी बनाउनु । जति पत्रपत्रिका दशैं र पर्वमा देखिन्छन् । अरु समयमा बजारमा गयौं भनेपनि देखिदैन । विज्ञापनदाताका पीडा हुन् यी । अब सन्दर्भ विज्ञापनदाताकै बैठक र निर्णयतिर । अनलाईन पत्रिकाको यो छापा संस्करणका लागि पनि निरन्तर सहयोगी वा अन्य परिचित बनेका महानुभावलाई नगुहारेको होईन विज्ञापनका लागि । तर एकाध संस्थाका परिचित प्रमुखहरुका पीडा र जवाफलाई आत्मसात गरेपछि कही कतैपनि विज्ञापनको पत्र पठाईएन । अव पठाएर पनि केही हुने सम्भावना नै नरहेपछि ।

सयौं विज्ञापन मागको पत्रको खाटमा मेरो पनि एक निवेदन थपिनेछ अनि सबै उस्तै हुन् दशैंमा मात्रै निस्किने र निकालिने । यो दर्जाको आशा र शब्द आउनु अघि इमान्दार रुपमा पत्रकारिता र छापा संस्करणको यात्रालाई निरन्तरता दिँदै आएकोमा सोचिएको फल यही हो हुनसक्छ र  झण्डै डेढ वर्षसम्मको पत्रिका निरन्तरता अनि डटकमको सुचारुमा कहिल्यैपनि विज्ञापनको लागि कतै आग्रह गर्नु परेन । वा स्पस्ट रुपमा भन्नुपर्दा कतै विज्ञापन मागिएन । जे जति भएका छन् ८ वर्षमा चिनिएका र सहयोगी  दाजुहरुबाट थोर-बहुत भइरहेका छन् । पत्रिकाको दिगो र निरन्तरता चाहनेले कार्यालयमा सम्पर्क गरेर विज्ञापन लिन समेत बोलाएका छन् । उनीहरुमा आभार नदिरहन पनि सकिँदैन् । एउटा सत्य के पनि हो भने उनीहरुका समाचारमा निरन्तर सहयोगपनि आवश्यक रहन्छ । विज्ञापनको मौसम भनेर पत्रपत्रिका विज्ञापनको लागि दौडधुप गरिरहँदाको समय परिस्थितीमा विज्ञापनदाताको बढेको असहमतिको के कारक हुन सक्दछ यसबारेमा शायदै कसले सोच्दैनन् अनि पत्रिकाका मित्रवरहरुले फलानालाई विज्ञापन दिने हामीले नदिने भनेर नकारात्मक समाचार प्रकासित गरिदिने धम्की दिने गरेको भुक्तभोगी संस्थाले बताएका छन् ।

हुनपनि संस्था/कम्पनीले एकरुपता बनाएर विज्ञापन उपलब्ध गराउँदापनि साँच्चिकै पत्रिकालाई निरन्तर प्रकासित गर्दे आएकालाई समस्या पर्छ । भर्खरै सरकारी निकायको विज्ञापनमा नम्स्रनुसार भनेर नियम बनाएपछि स्थानीय पत्रिकाले कम सहयोग पाएको घटना ताजै छ । अर्का मजाको घटना के पनि छ भने मित्रहरु बजारप्रबन्धकका रुपमा दर्जनौ पत्रिकामा आवद्ध रहन्छन् र कुनै संस्थाको विज्ञापन दिँदै गरेको समाचारमा एक दर्जन निवेदन बुझाउन पुग्छन् । अनि यसपछि संस्थाको असहमति उनैलाई हुन्छ जसले निरन्तर समाचार कार्यक्रमका खबर बाँडिरहेका हुन्छन् लगातार । यो अवस्था सुधि्रने अवस्थामा छैनन् भने संस्था÷कम्पनी वा अरु कुनै विज्ञापनदाताले आफुलाई फाईदाको अवस्थापनि पक्कै हेर्छ । अनि पत्रकारिताको माध्यमबाट जसले सहयोग गरिरहेको छ उनैलाई विज्ञापनको सुविधाबाट बिाचत गरिनुपनि न्यायोचित छैन ।

कतिलाई विज्ञापन दिनुको सहज उत्तरलाई सम्बन्धित विज्ञापनदाताले केही नियममा सुधार्ने हो भने कोही कसैको धम्की खानुपर्ने अवस्था आउनेछैन । विज्ञापनदाताले चाहेको प्रचारपनि पाउनेछ । अनि मौसमी पत्रकारितामा रमाएका मित्रहरुले पनि पर्वमा गरिने दौडधुप गर्दा अरुलाई अठ्यारो बनाउने बाटो रोज्नु उचित छैन । आखिर काम गरे माम नपाईने कुरै छैन नी ।             अस्तु

This entry was posted in म र मेरो कुरा, मेरो लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>