मृत्युलाई जित्दाको सुःखद महात्म्य

सहजरुपमा हेर्दा जीवन सहज छैन । जीवनको आफ्नै नियम छ । जीवनको बाटो कहिले सिधा, कहिले मोड र कहिले उतारचढाव शैलीमा अघि बढिरहन्छ । हामी छौं र पो जीवन छ । जीवन नरहनु भनेकै हाम्रो एउटा जीवन अनन्त यात्रामा हिड्नु हो । एउटा जीवनको यात्रामा मैले भोगेका केही भाग्यमानी पलहरुलाई यहाँ बाँड्न खोजेको छु ।

घटना १ – जहाँसम्म सम्झना छ । मैले करिब आधा दर्जनपटक मृत्युलाई सकुशल जितेको छु । मेरो जन्म स्थायी बसोबासकै रुपमा काठमाडौंको असनमा भयो । त्यो समयमा म निकै छुकछुके र चकचके थिएँ । आमाबुबाको माया भनेकै यसलाई तह लगाउनुपर्छ भनेर होला । दिनमा अनेक कारणले मिठाईको रुपमा पिटाई खान्थे । असनबाट अलिपर साझा भवन छ । सँगै गणेशको मन्दिर । बिदा होस् वा नहोस्, मन्दिरमा चढार्ईएका लड्डुमा मेरो पहिलो अधिकार हुन्थ्यो । म हुँदासम्म अरु फुच्चेहरुले त्यो लड्डु लिन्न थियो ।

त्यसै समयको कुनै एकदिन बिजुली मर्मत हुँदै थियो । म फेरि निकै चलाख र विशेषज्ञकै रुपमा कसरी बिजुलीको फ्युज जोडिने रहेछ भनेर बिजुली बनाउन उक्लिएका मान्छे चढेको सिँढीमुनि सिधो घाँटी बनाएर हेर्दै थिएँ । एकाएक पूरै झ्याप्प अँध्यारो भयो । उठ्नेबेला वीरअस्पतालको बेडमा थिएँ ।

घटना २ – कुनै एउटा मिति वा समय । जुन ठ्याक्कै अनुमान भएन । म ७ कक्षा पढ्दाखेरि हो जस्तो लाग्छ । बुबाका साथीहरुको टोलीसँग मिसिएर हामी तातोपानी पुगेका थियौं । खासा बजारको नामले चिनिएको बजार पुग्दा दोलालघाट हुँदै बगेको नदीको कलकल आवाज अझै कानमा गुञ्जिन्छ । काठमाडौं फर्किने बेलामा पहेँलो रंगको बसमा चढ्न सबैले मरिहत्ते गरे । के कारणले होला कुन्नी, मैले ढिपी गरेर चढिन । बुबाले तान्न खोज्दापनि मानिन ।

सम्भवत त्यो बेला एक थप्पड हानेको हो की जस्तो लाग्छ । म अटेरी हुँदै अरु गाडी चढ्ने अडानमा थिएँ । त्यसपछि बुबाका साथीहरुपनि ओर्लिए । सब मसँग रिसाएका थिए । हामी केही मिनेटपछि अर्काे गाडीमा चढ्यौं । र, राजधानीतिर अघि बढ्यौं । करिब १० मिनेटपछि हामी सब स्तब्ध भयौं । बुबाका साथीहरुले मलाई स्याबास दिँदै यसले हामीलाई बचायो । भगवानले नै गर्दा यसले हामीलाई त्यो गाडीमा चढ्न नदिएको रहेछ भन्ने धाप मारे । सबैले चढ्न खोजेको बस दुर्घटनामा परेको थियो । धेरै घाइते र केहीको मृत्यु भएको हुनुपर्छ । हामी भने ‘झन्डै खत्तम भएको’ भन्दै मन चिसो पारेर काठमाडौं फर्कियौं ।

घटना ३ – २०६२ सालतिरको घटना हुनुपर्छ । पत्रपत्रिकामा म स्वतन्त्ररुपमा फोटो पठाउने गर्थै । त्यो बेला धेरै पत्रपत्रिकाले मैले पठाएको फोटो छाप्थे । नेपाल समाचारपत्र, राजधानी, स्पेश टाइम्स, हिमालय टाइम्सलगायतमा । यो सालमै म वाइबिएक्स बाइक चढेर टेकुस्थित कालो पुलबाट ललितपुर फर्किदैँ गर्दा ठूलो दुर्घटनामा परेँ । सानेपाबाट आउँदै गरेको एउटा ट्याक्सीले ठक्कर दिँदा अक्षयकुमारको फिल्मी शैलीमा म पूरै २० मिटर पर हुत्तिएको थिएँ । बाइक पूरै ध्वस्त बनेको थियो । तर, अचम्म मेरो शरीरमा कुनै सानो चोटपनि लागेन । हेर्न आएका दर्शकहरुले मलाई हेर्दे भन्दै थिए, ‘मान्छे चाहिँ भाग्यमानी रहेछ, केही भएनछ ।’

घटना ४ – मंसिर ७ गते बिहिबारको दिन । हामी (सुनुमाया र म) यो दिन सँगै थिएनौं । हाम्रो यात्रा हरेकदिन संयुक्त हुन्छ । हामी मध्ये कोही एक्लो हिड्यौं भने पनि सोध्नेहरुको मुखमा एउटै प्रश्न हुन्छ, ‘आज एक्लै हो ?’ सकेसम्म स्वदेशमै सुखदुःखको यात्रामा रमाएर अघि बढिरहेका छौं । १५ वर्षदेखि अनवरतरुपमा आजसम्म । जीवनसाथीले नयाँ काममा हात हालिन् । एउटा राम्रो योजनासहित खाद्य व्यापारमा अग्रसर भएकी गृहमन्त्री (उनी) को यो दिन चाँडै जाने काम थियो । र, म बिस्तारै एक्लै कार्यालय पुग्न करिब ९ बजेतिर निस्किएँ । महालक्ष्मीस्थान नाघेपछि दायाँ मोडमा गुडिरहँदा एउटा माइक्रो बतासिएर म चढेको स्कुटरलाई बायाँ ढालिदियो ।

स्कुटर नउठाई माइक्रो रोक्न सिंघम शैलीमा दौडिएर नजिकै पुग्न लाग्दा लगनखेलबाट आएको माइक्रोमाथि त्यो माइक्रो ठोक्कियो । एकैचोटि यात्रुहरुको चित्कार र रोदन सुनियो । म शून्य भएँ । मेरो ज्यानमा चोटपटक नलागेपनि र म सुरक्षित भएपनि यो दृश्य देखेपछि म शून्य हुँदै चिसिएँ । नमिठो दुख्यो । तर सन्तुलित हुँदै प्रहरीको कन्ट्रोल र ट्राफिक प्रमुखलाई जानकारी गराएँ । निकै भीड लाग्यो । सबै दर्शकमात्रै । त्यो चालकलाई धेरैबेरसम्म समातेर राखे । प्रहरी आएपछि घाइतेहरुलाई अस्पताल पु¥याएपछि त्यो बतासे चालकलाई प्रहरीमा सुम्पिएर म कार्यालय पुगेँ । त्यो चालकले मोडमै दुई महिलालाई किच्न खोज्दा महिला भित्तामा हुत्तिएर बचेका थिए । देख्ने प्रत्यक्षदर्शीहरुले एकपटक फेरि भन्दै थिए, ‘यो भाईको बाइकलाई ठक्कर दिँदै गएको थियो । भाई चाहिँ भाग्यमानी रहेछ ।’

मंंसिर ८ गते, शुक्रबार, २०७४

Posted in दैनिकी, म र मेरो कुरा | Tagged , , , , | Leave a comment

स्वागतम् सामसुङ !

फागुन २८, सोमबार, २०६९
११ मार्च, २०१३

केही सातादेखि बिहानै निस्किने बानी परेको छ । थोरै भएपनि वरिपरि क्षेत्रसम्म पुगेर आउँछौं हामी दुई (म र सुनिता) । उनीलाई पनि योगाको चासो बढेकोले गर्दा केन्द्र खोज्ने चलिरहेकै छ ।

आजपनि समाचारपत्रमा सुनिलकै पालो परेको दिपक सरलाई जानकारी गराएँ । उनले बनाएको नियम अनुसार दुई÷दुई बिराएर लेख्ने नियम थियो । आजबाट सूचना विभागमा चाइनीज भाषाको प्रशिक्षण शुरू भयो । तर यो अल्छिपनले जान सकिएन । बिहानै वेलहम्सको टीम (समीर, सन्नी, शर्मिला र शारदा) आइपुग्यौं । उनीहरूको प्राक्टिकल म्यागेजिन आजैभोली सिध्याउनुपर्छ भन्दै । त्यसपछि केही डाटालाई अन्तिम चरण दिएर म डिजाइन हाउस पुगेँ । शायद भोलीसम्म तयार पार्छु भन्ने लागेको छ । Continue reading

Posted in दैनिकी | Leave a comment

धन्यवाद गौथली !

फागुन २७, आइतबार
शिवरात्रीको दिन, २०६९
१० मार्च, २०१३

धेरै भयो विद्युतीय डायरी लेखन छुटेको । नेपाल समाचारपत्रमा आवद्ध भएदेखि बेफुर्सदिलो बनेको छु । धन्न, पत्रकारिताको केही ज्ञान भएकै कारणले रिपोर्टिङ सजिलो भएको छ । समाचारपत्रमा ललितपुर पृष्ठका संवाददाता सुनिल महर्जनले दुई साता बिदा लिएपछि हरेक दिनको दौडधूपले निकै तनाव उत्पन्न भएको थियो । अहिले त्यस्तो छैन्, समाचार खोजी र लेखनका लागि समय जोहो गर्न सकेको छु । Continue reading

Posted in दैनिकी, म र मेरो कुरा | Tagged | 1 Comment

ज्यापू समाज समुदाय सरोकार

(सुविन श्रेष्ठ)

गत वर्ष ज्यापू समाजको १८औं वार्षिकोत्सव अवसरमा तीन दलका ठूला नेता विशेष अतिथि थिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष्ँ नरबहादुर कर्माचार्य, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेकपा एमाले अध्यक्ष झलनाथ खनाललगायतको उपस्थिति थियो ।

तर, समारोहमा आकर्षणका बिन्दु बनेका थिए– ६८ वर्षीय अष्टमान महर्जन । अष्टमानले ज्यापू समाजलाई झन्डै ४ करोड रुपियाँ सहयोग गरे । उनले समाजलाई बागडोलस्थित १ रोपनी १३ आना जग्गा र ५० लाख नगद सहयोग गरेका हुन् । समारोहमै उपस्थित ठूला दलका प्रमुख नेताले आ–आफ्नै भाषामा अष्टमानलाई दानवीर भनेका थिए ।

समाज सेवामा यति ठूलो सहयोग गर्ने अष्टमानले यो सहयोगमा आफ्नो एकलौटी निर्णय नभएको बताए । ‘परिवारसँगको सल्लाहपछि मैले यो सहयोग गरेको हुँ’, उनले भने– ‘समाजले गरेको केही कामबाट प्रभावित भएर सहयोग गरेको हुँ । समाजले वृद्धाश्रम खोल्ने कुरा छ । पछि, वृद्धाश्रममा रहेर समाजसेवा गर्ने इच्छा छ ।’

ज्यापू समाजका निवर्तमान अध्यक्ष रामकाजी अवालेले अष्टमानले निकै ठूलो गुण लगाएको बताए । निवर्तमान रामकाजी अवालेको कार्यकालमा नै अष्टमानले सहयोग गरेका हुन् ।

हाल अष्टमानले दिएको बागडोलस्थित जग्गामा वृद्धाश्रमका बन्ने भएको छ । गत ४ फागुनमा वृद्धाश्रमको शिलान्यास गरिएको छ । वृद्धाश्रम पहिलो चरणमा दुईतले बनाइने समाजले जनाएको छ । ‘४४ शैय्याको बनाउने लक्ष्य समाजले लिएको छ’ –समाजका अध्यक्ष मंगल महर्जनले भने । वृद्धाश्रम अत्याधुनिक र सुविधा सम्पन्न हुने महर्जनले बताए । ‘हामीले आधुनिक बनाउनेतर्फ कुनै कम्प्रमाइज गर्ने छैनैँ’, उनले भने– ‘भवनभित्रै वृद्धवृद्धाका लागि बाँकी जीवन आनन्दमय, शान्ति र सुख मिल्ने वातावरण निर्माण गर्नेछौं ।’

घुम्ने स्थल, भजनकिर्तन, साहित्य सम्मेलन र योगा गर्ने सुविधा उपलब्ध हुने उनले जनाए । भवनमा विभिन्न हलको समेत स्थापना हुनेछ ।

वृद्धाश्रम परिसरबाट सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यहाँ वैष्णोदेवी र ब्र≈मायणी पीठ पनि रहेका छन् । पूर्वअध्यक्ष चिरिबाबु महर्जनले अब बन्ने वृद्धाश्रम मोडल होमको रूपमा विकास हुने बताए । ‘यो अपांगमैत्री शैलीमा निर्माण हुनेछ’, उनले भने– ‘भवनमा कलात्मक शिल्पकलाको सुन्दरतासमेत समेटिनेछ । यहाँ तिकी झयाः र झिँगटीको सौन्दर्यता रहनेछन् ।’ समाजले १९औं वार्षिकोत्सवमा करिब ४ रोपनी क्षेत्रफलमा परम्परागत एवम् कलात्मक नेपाली शैलीको ज्यापू प्रज्ञा भवनको स्थापना गरिसकेको छ । भवन ४ करोड रुपियाँको लागतमा बनेको हो ।

राष्ट्रपति डा. रामवरण यादवले भवनको उद्घाटन गरेका थिए । यसलाई समाजले एउटा कोसेढुंगाको रूपमा लिएको निवर्तमान अध्यक्ष रामकाजी अवालेले बताए । ‘नेवारी परम्परा, संस्कृति, भाषा, धर्म, कला तथा रहनसहनलाई सुरक्षित तथा संरक्षण गर्ने उद्देश्यले ज्यापू प्रज्ञा भवन स्थापना गरिएको हो’ –उनले भने । भवन च्यासलस्थित भोलगणेशस्थानमा रहेको छ । जातीय संग्रहालयका रुपमा ज्यापू एकेडमी रहने पनि अध्यक्ष अवालेले जनाए । ‘प्रज्ञा भवनलाई ललितपुर नगरको एक सम्पदास्थलमा सूचीकृत गर्ने योजनामा छौं’, उनले भने– ‘सँगसँगै यसलाई पर्यटकीय रुपमा पनि विकास गर्र्दै लैजाने हाम्रो लक्ष्य छ ।’

http://www.newsofnepal.com/newsdetail.php?id=69734

Posted in मेरो लेख | 1 Comment

शहरबाट शब्दहरू शुरू !

धेरै समयदेखि सुस्त हातले फेरि शब्द जन्माउने प्रतिबद्धता ।
सधै धन्यवादको पात्र रहँदै आएका प्रशान्त श्रेष्ठलाई फेरि धन्यवाद ।

Posted in दैनिकी | 1 Comment

सत्य लेखनको साहस !

मंसिर १, २०६८ अर्थात नोभेम्बर १७ २०११
बिहिबार

जिन्दगीको किताबको हरेक पन्नाका हरेक शब्दहरु स्वतन्त्र हुन खोजिरहेका छन् । म माध्यम बनेर यसलाई पोख्न चाहन्छु । छर्न चाहन्छु । अर्थात खुल्ला किताब हुने तयारी गर्दैछु । सबैकुरा सबैसँग ‘प्रत्यक्ष’ राख्न गइरहेको छु । मन खोलेर कलमको निडर गति स्वतन्त्रपूर्वक हरदिन ढुक्कले मेरालागि । लेखनसँगै कम्युटरराईजबाट मुसा खेलाउँदै आधुनिक प्रकि्रयासँगै मेरा पारिवारिक, मित्रबन्धुका कुरा, पेशागत यात्रालगायत विविध पक्षहरु स्वतन्त्र खोल्नेछु । Continue reading

Posted in दैनिकी, म र मेरो कुरा | Leave a comment

भूतसंग जम्काभेटको सम्झना !

नियमित स्तम्भमा लेखिने विषय कहिलेकाही फुर्देन् । शब्दका रुपमा आउँदैन् । कुनैबेला भने  विषय बासीसमेत बन्छ । यसपालि भने भूतको अन्र्तकथा लेख्न मन लाग्यो । नेपाल टेलिकममा मच्चिएको भूत काण्डले यही विषयलाई कोट्याउन मन लागेको हो । भूत हुन्छन् वा हुन्नन्  यो सोध्नु पर्ने प्रश्ननै होइन । अर्थात नेपाली समाजमा हुर्किएकाहरु कुनै न कुनै रुपमा साक्षात्कार भइरहन्छन् । कथा उस्तै सुनेका हुन्छन् । कोहीले भोगेका समेत हुन्छन् । भोगाई र भेटमा बसेको भूत सम्झनालाई यत्तिखेर शब्दमा उतार्न खोज्दैछु । Continue reading

Posted in मेरो लेख | Leave a comment

सभासद्संग नल्लु सरर

चापागाउँतिरको यात्रा सधै अद्भुत भएको छ । मेरा अधिकाश यात्राहरुका संस्मरणहरु शब्दमा नपोखिएसम्म गुम्सरहन्छन् । शब्दहरुमा नल्लु यात्रालाई उजागर गरिरहँदा गोलो अनुहारका भद्र देखिएको कालो चश्मा मनपराउने एक व्यक्तित्व उभिरहेको छ जस्तो महसुस गरिरहेको छु । कांग्रेसका सभासद् रामकृष्ण चित्रकार हुन् उनी । केही साताअघि ललितपुरको इतिटोलमा सहिद सागर सिहंको सालिक अनावरणको समयमा सभासद् चित्रकारले संविधान नबन्ने पक्का भएको बोलिरहँदा मलाई अचम्म लागेको थियो । Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख | Tagged | Leave a comment

नखोसियोस् उज्यालो खुशी !

हिजोआज राजधानीको दृश्य उहिलॆको बतीविहिन युग जस्तै भएको छ । कहिले र कतिखेर उज्याले भित्रिन्छ अनि कहिले बाहिरिन्छ । त्यसबाट अनभिज्ञ बनेका शहरबासीहरु । एकपटक मात्रै पो अनुमान हुन्छ । Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख | Tagged , | 2 Comments

दशैंको विज्ञापन कथा/व्यथा

दशैं नजिकियो अब व्यस्तता बढ्छ होला भनेर एक वरिष्ठ दाजु तथा संस्थाका प्रमुखले भनेको शब्द मनमा खेलिरहेको छ । हुनपनि त्यो सहज ठानिएको वाक्यले यो माहौलमा कडा प्रक्षेपण भएको महसुस भइरहेको छ । यसो त संस्था/कम्पनीलगायतका हितैषी र परिचित दाजुहरुको एउटै प्रश्न गरिरहन्छन्  होइन यत्ति धैरै पत्र-पत्रिका दशैं र पर्वमा निस्किने हुन् त  प्रमुखले आफ्नो टेबुलअघि झण्डै ३ सयको विज्ञापन चाहियोको पत्र देखाएर प्रश्न गर्नुभयो । म निरुत्तर छु यो प्रश्नमा । Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख | Tagged | Leave a comment